बालुवाटारमा ठूला दलका ३ शीर्ष नेताबीच भेटवार्ता

मंगलबार, वैशाख २६, २०८०

काठमाडौँ– ठूला तीन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको छ ।

एमाले र कांग्रेसका ठूलै नेता नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकोपछि अहिले नेपाली राजनीतिमा तरंग आएको छ ।

तीन ठूला नेताबीच यसबारेमा पनि छलफल हुनसक्ने आकलन गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्