नक्कली भुटानी शरणार्थी प्रकरण

प्रधानमन्त्रीलाई ओलीको चेतावनी– एमालेमाथि षडयन्त्र भए मुकावला हुन्छ

सोमबार, वैशाख २५, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टहरुलाई जोगाउने र एमालेविरुद्ध नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले केही मान्छेहरुलाई बदनाम गर्ने, भ्रष्टहरुलाई जोगाउने र एमालेमाथि नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका हुन् ।

उनले उक्त प्रकरणमा कसलाई फसाउने वा कसलाई उन्मुक्ति दिने भन्ने निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाटै भएको दावी गर्दै प्रधानमन्त्री भएर स्टन्ड नभइ निष्पक्ष छानविन गर्नुपर्ने बताए ।

उनले एमालेले कसैको दोषलाई ढाकछोप नगर्ने तर एमालेमाथि षडयन्त्र हुन्छ भने मुकावला हुने चेतावनी दिए । ओलीले नक्कली शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकालाई छोडिएको दावी गरे । उनाले प्रधानमन्त्रीले नै आफुलाई दुई पटक भेट्न बोलाएको र भेटपछि भ्रष्टहरुलाई जोगाउन दवाव दिएको भन्दै प्रधानमन्त्रीले गलत अफवाह फैलाएको बताए ।

नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले ट्रेलरमात्र भएको भनेकोमा ओलीले आफुहरु पुरा फिल्म हेर्न आतुर रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार