माओवादीलाई ३ मन्त्रालय दिनेमा मुख्यमन्त्री शाह सकारात्मक

सोमबार, वैशाख २५, २०८०

काठमाडौं-  सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारबारे बालुवाटारमा छलफल भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, माओवादी संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य ओमविक्रम भाटसहितले प्रदेश सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

दाहालसँग छलफल पछि बाहिरिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले छिट्टै प्रदेश सरकार विस्तार हुने बताएका छन् ।

२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार बिहान माओवादीका प्रदेश सभा सदस्यहरुसहित सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

माओवादीले आर्थिक मामिला र भौतिक पूर्वाधार विकास मन्त्रालय नपाउने अवस्थामा तीन वटा मन्त्रालय पाउनुपर्ने विषयमा समेत कुराकानी भएको छ । जसमा मुख्यमन्त्री सकारात्मक देखिएका झन् । छलफलमा सहभागी प्रदेशसभा सदस्य ओमविक्रम भाटका अनुसार मन्त्री नियुक्त हुन् बाँकी रहेका ४ मध्ये ३ वटा माओवादीले पाउनेमा मुख्यमन्त्री सकारात्मक छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्