रायमाझीले रायमाझीलाई नै ओलीको ‘झड्केलो छोरो’ भनेपछि एमालेको आपत्ति 

सोमबार, वैशाख २५, २०८०

काठमाडौँ‍- एक रायमाझी थरका एक सांसदले अर्का रायमाझी थरकै सांसदमाथि आपत्तिजनक शव्द प्रयोग गरेका छन् ।

आइतबारको राष्ट्रियसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले नेकपा (एमाले)का प्रतिनिधिसभाका सांसद टोपबहादुर रायमाझीलाई अध्यक्ष केपी शर्मा ओलीको ‘झड्केलो छोरो’ भन्दै आपत्तिजनक शव्द प्रयोग गरेका थिए ।

रमेशजंगको यो अभिव्यक्तिलाई दिएर एमालले आज राष्ट्रिसभामा नियमापत्ति जनाएको छ । सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग एमालेले गरेको छ ।

आजको बैठकको सुरुमै नियमापत्ति जनाउँदै आइतबार एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले रायमाझीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे ।

एमाले सचिवसमेत रहेका टोपबहादुर नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । यद्यपि, उनी पक्राउ पर्न सकेका छैनन् । एमाले अध्यक्ष ओलीले उनलाई संरक्षण गरेको भन्दै रमेशजंगले त्यस्तो अभिव्यक्ति दिएका थिए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार