एमाले केन्द्रीय कमिटी बैठक अब काठमाडौंमै, झापामा नबस्ने

आइतबार, वैशाख २४, २०८०

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक अब काठमाडौंमा नै बस्ने भएको छ ।

यसअघि केन्द्रीय कमिटी बैठक झापामा बस्ने भनिएको थियो । केन्द्रीय कमिटीको बैठक बैशाख २८ गतेदेखि बैशाख ३० गतेसम्म बस्दैछ ।

एमाले संसदीय दलको बैठकमा केन्द्रीय कमिटी बैठक झापामा नभएर काठमाडौंमा नै बस्ने निर्णय गरिएको हो ।

संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको  केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

४ मंसिरको आम चुनावपछि बस्न लागेको यो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक हो । बैठकमा चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियानबारे छलफल हुनेछ ।

केन्द्रीय कमिटी बैठकअघि सोमबार केन्द्रीय कार्यालयको र मंगलबार सचिवालयको बैठक बोलाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार