नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

आइतबार, वैशाख २४, २०८०

काठमाडौं –राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रण्चड’को सिफारिशमा आचार्यलाई आइतबार मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यले आइतबार नै राष्ट्रपति पौडेल समक्ष पद तथा गोापनियताको शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए ।

। राष्ट्रपतिले प्रधानमन्त्री दाहालको सिफारिसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्री तोकेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्