मड्रिड ओपनको उपाधि साबालेन्कालाई

आइतबार, वैशाख २४, २०८०

काठमाडौं–मड्रिड ओपनको उपाधि एरिना साबालेन्काले जितेकी छन् ।

पोल्याण्डकी विश्व नम्बर एक इगा स्वान्तेकलाई पराजित गर्दै बेलारुसकी दोस्रो वरीयताकी साबालेन्का च्याम्पियन बनेकी हुन् । 

स्पेनको राजधानी मड्रिडमा भएको फाइनलमा उनले पहिलो सेट ६–३ ले जितिन् । दोस्रो सेटमा स्वान्तेकले ६–३ ले जितेपछि खेल बराबरीमा आएको थियो ।

तेस्रो सेट साबालेन्काले ६–३ ले आफ्नो पक्षमा पार्दै उनी च्याम्पियन बनिन् । २५ वर्षीया साबालेन्काले गत महिना स्ट्टगर्ट ओपनको फाइनलमा ब्यहोरेको पराजयको बदलासमेत लिएकी छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्