बेलायती राजा चार्ल्स तृतीयले पहिरिए राजमुकुट [तस्बिरहरु]

शनिबार, वैशाख २३, २०८०

लण्डन– चार्ल्स  तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट पहिरिएका छन् ।

उनलाई क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले सेन्ट एड्वार्डज क्राउन शनिबार बेलायती नरेश चार्ल्सको शिरमा राज्याभिषेक समारोहबीच पहिराइदिएका हुन् ।

Britain-Coronation101683381692.jpg

राजा चार्ल्स  तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन् ।  यसअघि चार्ल्स  द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए । 

alizabetha_reuters1683379814.JPG

उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् । 

सोही समारोहमा आर्कविशपले रानी कमिलालाई ‘क्वीन मेरीज’ नामक ताज पहिर्‍याइदिएका थिए । उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो ।

Britain-Coronation71683381691.jpg

वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चार्ल्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए । 

Britain-Coronation81683381692.jpg

समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गरिएको थियो । सरकार प्रमुखको रूपमा बाइबलका पवित्र श्लोकहरू बेलायती प्रधानमन्त्री ऋषि सुनकले बाचन गरेका थिए । उनी हिन्दू हुन् ।

Britain-Coronation_cover1683381690.jpg

पत्नी रानी कमिलाका साथ राजा चार्ल्स  बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा मध्य लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत उनीहरूको स्वागत गरेको थियो ।  सवारीका समय शहरको सुरक्षालाई मध्यनजर गर्दै झण्डै १२ हजार प्रहरी अधिकारीलाई तैनाथ गरिएको थियो ।

britain_kingiii1683379829.JPG

राज्याभिषेकको परेडलाई प्रत्यक्षरूपमा हेर्न मानिसहरू अनुकूल स्थान सुनिश्चित गर्नका लागि विहान सबेरैदेखि सडकमा कुरेर बसेका थिए ।

वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उहाँहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ जानेछन् ।

Britain-Coronation61683381691.jpg

Britain-Coronation21683381690.jpg

Britain-Coronation31683381690.jpg

Britain-Coronation11683381690.jpg

Britain-Coronation111683381692.jpg

 

– रासस/एएफपी/एपी/पीए

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार