प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

शनिबार, वैशाख २३, २०८०

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले भेटवार्ता जारी छ ।

सिंहदरबारमा जारी भेटवार्तामा नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा लागेको आरोपमा एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी अहिले सम्पर्कविहीन छन् ।

उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।

रायमाझी प्रकरणबारे छलफल गर्न यसअघि पनि ओलीले प्रचण्डलाई भेटेका थिए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार