जगदम्बा स्टिल्स लिमिटेडको फेब्रिकेटर्स रिवार्ड योजना घोषणा

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं–जगदम्बा स्टिल्स लिमिटेडसँगको साझेदारीमा ग्रिल तथा स्टिल फेब्रिकेटर्स महासंघ नेपालले आफ्नो २८औँ वार्षिक साधारण सभा र ९औँ राष्ट्रिय सम्मेलन तथा २९औं स्थापना दिवस सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन उपराष्ट्रपति राम सहाय प्रसाद यादवले गरेका थिए । कार्यक्रममा महासंघका अध्यक्ष मोहन कटुवाल र जगदम्बा स्टिल्स लिमिटेडका महाप्रबन्धक मनोज तिवारीले नेपालमा स्टिल फ्याब्रिकसन उद्योगको महत्व र यसको विकास र प्रवर्द्धनमा महासंघको भूमिकाबारे प्रकाश पारेका थिए ।

 कार्यक्रमले उद्योग विशेषज्ञ, व्यवसायी नेता र सरकारी अधिकारीहरुलाई एकसाथ आउन, विचारहरू आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्नका साथै उद्योगले सामना गरिरहेका चुनौतीहरूको बारेमा छलफल गर्न उत्कृष्ट माहोल प्रदान गरेको थियो ।

उपराष्ट्रपति यादवले नेपालमा स्टिल फ्याब्रिकेसन उद्योगको विकास र विकासमा महासंघ र यसका सदस्यहरूले पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्