Nic Ad Nic Ad
Nic Ad Nic Ad

नक्कली भुटानी शरणार्थीबारे आफू सरकारमै रहँदा अनुसन्धान बढाएको रवि को दाबी

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी अब प्रतिपक्षमा बस्ने बताएका छन् । 

पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त पछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले अब रचनात्मक प्रतिपक्ष कस्तो भनेर संसदमा देखाउने बताए ।

‘जनताले रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ भनेर हेर्न चाहेका छन् । अब देखाउँछौँ’ उनले भने ।

उनले सरकारको लक्षण सकारात्मक नभएकाले आफूहरूले प्रतिपक्षमा बस्ने निर्णय गरेको पनि बताए । ‘प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले राम्रो काम नगर्ने छनक देखेपछि प्रतिपक्षमा बस्ने निर्णय भएको हो’, उनले भने ।

‘प्रधानमन्त्रीले सरकारमा आउनुस्, पूर्ववत् मन्त्रालय लिएर काम गरौँ भनेको पनि हो । तर सरकारको गति देखेर जान मन लागेन’, उनले भने, ‘मन्त्रिपरिषद् विस्तारदेखि न्यूनतम् साझा कार्यक्रम हेर्दा सरकारले गरिखाने देखिएन । यो ढंगले जाने हो भने काम हुँदैन भन्ने हाम्रो निष्कर्ष हो’, उनले भने ।

उनले प्रधानमन्त्री प्रचण्ड र गठबन्धनका अन्य नेताहरुले पनि रास्वपा सरकारमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा राखे पनि अब प्रतिपक्षमा बस्ने बताए । 

उनले भने, ‘देशमा स्थिरताको अवस्था आयो भने हामी सरकारमा फर्किन्छौ ँ। हामी सत्ताका लागि जे पनि गर्ने पक्षमा छैनौँ । जनताले प्रतिपक्षमा बस्न दिएको म्यान्डेटलाई अघि बढाएर काम गर्छौँ ।’

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगीका बारेमा आफूले सरकारमा हुँदै जानकारी पाएको र भित्री रुपमा अनुसन्धान अघि बढाएको दाबी गरे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्