कामना सेवा र मनकामना अस्पतालबीच सम्झौता

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं –कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुरबीच एक सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत बैंकसँग आबद्ध सबैले चितवनस्थित मनकामना अस्पतालले प्रदान गर्ने ओपिडी सेवा, सामान्य वार्ड, बेड शुल्क, सिटी स्क्यान, आईसियु, एनआईसियु, एचडियु÷नर्सरी सेवाहरूमा छुट पाउने भएका छन् ।

अस्पतालले प्रदान गर्ने उक्त सेवा सुविधामा बैंकका कर्मचारीले २० र बैंकका ग्राहकले १५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने भएका छन् । सम्झौताबाट बैंकसँग आबद्ध सबैले लाभ लिने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार