रास्वपाको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक साँझ बजे बसुन्धरास्थित केन्द्रीय कार्यालयमा बस्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा सरकारलाई समर्थन गर्ने–नगर्ने विषयमा छलफल हुनेछ । 

नागरिकता विवादपछि सभापति लामिछानेले उपप्रधान तथा गृह मन्त्रालय गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । उनले सांसद पद पनि गुमाएका थिए । 

गत वैशाख १० मा पुनः निर्वाचित हुँदै लामिछाने सांसद बनेपछि रास्वपाले सरकारबारे निर्णय गर्न लागेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्