परराष्ट्रमन्त्री साउद राज्याभिषेकमा सहभागी हुन बेलायत प्रस्थान

बिहीबार, वैशाख २१, २०८०

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य (बेलायत)का राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
  
लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको हो । 

सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्