आर्सनललाई पछि पार्दै सिटी शीर्ष स्थानमा

बिहीबार, वैशाख २१, २०८०

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार मात्र चेल्सीलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएकोमा गएराति फेरि सिटीले उछिनेको हो ।

घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई ३–० गोल अन्तरले हराएसँगै सिटी फेरि शीर्ष स्थानमा पुग्न सफल भएको छ ।

सिटीको जितमा अर्लिङ हालाण्ड, नाथन एके र फिल फोडेनले एक–एक गोल गरे ।

यससँगै हालान्डले प्रिमियर लिगमा यस सिजन ३५ गोल पूरा गरेका छन् । साथै, उनी एकै सिजन प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनेका छन् ।

शीर्ष स्थानको सिटीले ३३ खेलमा ७९ अंक  छ । सिटीको जितले दोस्रो स्थानमा झरेको आर्सनलको ७८ अंक छ । आर्सनल सिटीभन्दा एक अंकले पछि छ । यद्यपि, सिटीले एक खेल कम खेलेको छ । 

पराजित भएको वेस्ट ह्याम ३४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्