टीभीएस एनटर्क १२५ पोखरामा सार्वजनिक

सोमबार, वैशाख १८, २०८०

काठमाडौं–टीभीएस स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आइतबार टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन निलो रङमा सार्वजनिक गरेको छ । हाल बजारमा उपलब्ध रेस संस्करणको रातो र पहेँलोसँगै अब मरिन निलो रङमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । 

टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरिन ब्लू कलरमा चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्स रहेको छ । यसले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँने र कालो, मेटालिक ब्ल्याक र मेटालिक निलोको अद्वितीय तीन टोन संयोजनले राइडरलाई बाँकी भन्दा फरक महसुस गराउने कम्पनीको विश्वास छ ।

टीभीएसद्वारा पोखरामा आयोजित ‘निर्भयाज वुमन इन कन्सर्ट’मा यो स्कुटरको सार्वजनिक गरिएको हो । कन्सर्टमा फ्लेम ब्यान्डबाट मेघा श्रेष्ठ, द ड्रिमर्जको साथै सांगीतिक समूह अभया एन्ड द स्टिम एन्जन्स लगायतको प्रस्तुति रहेको थियो । स्टेजपछि स्कटुर सोरुममा पनि सार्वजनिक गरिएको थियो । 

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ रङमा स्कुटर सार्वजनिक गर्दै भने, ‘नेपालमा टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन निलो रङमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । स्मार्ट स्कुटर आरटी–एफआईको समावेश एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । यो प्रक्षेपणको साथ हामी हाम्रा युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध छौँ ।’

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्