लोकतन्त्रविरुद्ध अनेक तत्व सक्रिय छ : ओली

सोमबार, वैशाख १८, २०८०

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका विरुद्ध अनेक प्रकारका तत्वहरू सक्रिय हुन थालेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले अनेक प्रकारका तत्वहरू लोकतन्त्रलाई मास्न अनुकुल अवस्था आयो कि आएन भनेर चिहाउन थालेको भन्दै नेपाली जनता सजक हुनुपर्ने बताए ।

अहिलेको सरकार सरकारमा किन बसिरहेको छ भन्ने नै प्रष्ट हुन नसकेको ओलीको भनाइ छ । ओलीले सिंहदरबारको फोहर उठाउने काम महानगरको नभएको भन्दै सरकारले फोहरमाथि राजनीति गर्न खोजेको आरोप लगाए ।

ओलीले एमालेले सरकार छाडेको दुई वर्ष नपुग्दै मुलुकको अर्थतन्त्र तहसनहस भएको जिकिर गरे ।

सार्वजनिक सम्पत्तिका रुपमा मुलुकका ठूला उद्योगहरुलाई निजीकरणका नाममा कौडीका नाममा बेचेर देशलाई टाट पल्टाउने काम हिजो भएको र आज पनि हुन खोजेकाले यसलाई रोक्नुपर्ने बताए ।

औपचारिक तथा अनौपचारिक क्षेत्रमा योगदानका आधारमा पेन्सन कार्यक्रमको सुरुवात गरेको भन्दै उनले विदेशमा रोजगारी गर्ने नेपालीहरूलाई योगदानका आधारमा पेन्सन कार्यक्रमको सुरुवात गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्