निक इकोट्याप ट्रान्सर्फर विद्युत प्राधिकरणलाई हस्तान्तरण

सोमबार, वैशाख १८, २०८०

काठमाडौं –नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क हस्तान्तरण गरेको छ ।

करिब ३२ लाख रूपैयाँ मूल्य पर्ने उक्त ट्रान्सफर्मर हस्तान्तरण गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालको उपस्थितिमा ट्रान्सफर्मर हस्तान्तरण गरिएको निकले जानकारी दिएको छ । यस्ता खालका ट्रान्सफर्मर उत्पादन तथा जडान कार्यले स्वच्छ ऊर्जा आपूर्तिमा ठूलो योगदान पु¥याउने कार्यकारी निर्देशक घिसिङले बताए ।

जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार–गिलद्वारा उत्पादित यो ट्रान्सफर्मर वातावरणमैत्री तथा स्वच्छ हरित ऊर्जा आपूर्तिमा योगदान पु¥याउने विशेषताको रहेको निकका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले बताए ।

निकले गत वर्ष नै यस्तो खालको ट्रान्सफर्मर उत्पादन गर्ने विषयमा प्राधिकरणसँग समझदारी गरेको थियो । हाल यो ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्क केन्द्रीय कार्यालय मातहतमा जडान गरिसकिएको छ ।

प्राधिकरणमा जडान गरिदिएजस्तै ट्रान्सफर्मर उत्पादनको योजनालाई निकले प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ ।

जोशीका अनुसार प्राधिकरणको केन्द्रीय कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ ।

नेपालमा ट्रान्सफर्मर उत्पादन गरी भुटान, बंगलादेश जस्ता देशमा निर्यातसमेत गर्दै आएको निकले पछिल्लो समय नयाँ–नयाँ प्रविधिमा आधारित वातावरणमैत्री र स्वच्छ हरित ऊर्जा आपूर्तिमा योगदान पु¥याउने खालका ट्रान्सफर्मर उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । हरित ऊर्जा विकासको विश्व अभियानमा थोरै भए पनि योगदान पुर्याउन सकिने उद्देश्यका साथ निकले यो विषयलाई अवलम्बन गर्न थालेको जोशीको भनाइ छ ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्