रास्वपाको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै

सोमबार, वैशाख १८, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे बसुन्धरास्थित केन्द्रीय कार्यालयमा बस्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा सम्भवतः सभापति रवि लामिछाने संसदीय दलको नेता छनोट हुनेछन् । साथै, सरकारलाई समर्थन गर्ने–नगर्ने विषयमा पनि छलफल हुनेछ । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्