प्रिमियर लिग :

आर्सनललाई पछि पार्दै साविक विजेता सिटी शीर्ष स्थानमा

सोमबार, वैशाख १८, २०८०

काठमाडौँ– आर्सनललाई पछि साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति फुलहमलाई २–१ गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितमा अर्लिङ हालाण्ड र जुलियन अल्भारेजले एक–एक गोल गरे ।

फुलहमका कार्लोस भिनिसियसले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा हालाण्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

१५ औं मिनेटमा कार्लोसले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ३६ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

जितसँगै ६ पटकको विजेता सिटीले ३२ खेलमा ७६ अंक जोडेको छ ।

तीन पटकको विजेता आर्सनलले भने ३३ खेलबाट ७५ अंक जोडेको छ । सिटी आर्सनललाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

पराजित फुलहम ४५ अंक जोडेर १० औं स्थानमा रहेको छ ।


 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्