ब्युटिपार्लर जान नपाउँदा आत्महत्या

आइतबार, वैशाख १७, २०८०

मध्यप्रदेश– मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले ब्युटिपार्लर जान नपाउँदा आत्महत्या गरेकी छन् । 

आफूलाई श्रीमान्ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले गत बिहीबार आत्महत्या गरेकी प्रहरीले जनाएको छ । 

पन्ध्र वर्षअघि बलराम यादवसँग विवाह बन्धनमा बाँधिएकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए । 

रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेका अनुसन्धान अधिकृत उमाशङ्कर यादवले बताएका छन् । 

बिहीबार साँझ कामबाट घरफर्केका बलरामले रीनालाई कोठामा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्