नेपाल टेलिकमको भ्वाइस र डाटामा नयाँ अफर

आइतबार, वैशाख १७, २०८०

काठमाडौं–नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३  को अवसरमा ग्राहकहरुका लागि आइसीटी डे अफर ल्याएको छ । यस अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ । यो अफर आइतबार बैशाख १७देखि सुरु भई बैशाख १९ सम्म लागू रहने छ ।

यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । 

यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ । 

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइदै छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्