एमाले अध्यक्ष ओलीमाथि झापामा ढुंगामुढा

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– झापाको बुधबारेमा पार्टीको कार्यक्रममा सहभागी हुन गएका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगा प्रहार भएको छ । कोशी प्रदेशको नामको विरोध गर्ने समूहले ढुंगामुढा गरेको हो ।

संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीमाथि उक्त समूहले ढुंगामुढा गरेको बताएका हुन् ।

‘कोशी नामकरण विरोध राख्ने समूहका तर्फबाट कालो झण्डा प्रदर्शन गर्ने, अभद्र व्यवहार गर्ने दुःखद घटना भएको छ ।

सरकारका तर्फबाट दुःख व्यक्त गर्दै यसक्रममा प्रहरीले ढुंगामुढामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ,’ उनले भने ।

ढुंगामुढामा दुई जना प्रहरी घाइते भएको समेत गृहमन्त्री श्रेष्ठले सदनलाई जानकारी गराए । आजकै बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले घटनामा सत्तारुढ दलकै कार्यकर्ताको संलग्न रहेको बताएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्