एमाले केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीको गृह जिल्ला झापामा बस्ने

बुधबार, वैशाख १३, २०८०

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा बस्ने भएको छ ।

बैशाखको अन्तिम साता बस्ने भनिएको केन्द्रीय कमिटी बैठक झापामा बस्ने तय भएको एमाले नेताहरुले बताएका छन् । 

सो बैठकमा उपनिर्वाचन तथा सरकारबाट पार्टी बाहिरिएपछिका राजनीतिक घटनाक्रमको बारेमा समीक्षा गर्ने कार्यसुची छ । एमाले अध्यक्ष ओलीको गृह जिल्ला पनि झापा हो ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्