नेभिगेशन
समाचार

मनमोहन अधिकारीका स्मृति दिवसमा एमाले अध्यक्ष ओलीले गरे माल्यार्पण

काठमाडौँ– मनमोहन अधिकारीको २४औं स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनको शालिकमा माल्यार्पण गरेका छन् ।

२४ औं स्मृति दिवसको अवसरमा बुधवार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर ओलीले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गरेका हुन् ।

सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । 

अधिकारी दक्षिण एशियाकै निर्वाचित प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष थिए । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार