Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन–२ मा रवि लामिछाने निर्वाचित

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं –चितवन –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले निर्वाचित भएका छन् ।

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपार्ली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए  । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

यस्तै, एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

रविले गत मंसिर ४ मा भएको निर्वाचनमा ४९ हजार ३०० मत पाएका थिए ।

चितवन –२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्