उपनिर्वाचन अपडेट

तनहुँ–१ : डा.स्वर्णिम वाग्लेले कटाए २६ हजार ८ सय मत

कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले १५ हजार ४ सय ५४ मतसहित पछ्याउँदै
सोमबार, वैशाख ११, २०८०

तनहुँ– तनहुँ क्षेत्र न.–१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्लेले २६ हजार ८ सय मत कटाएका छन् ।

उपनिर्वाचनको प्रारम्भिक परिणाम अनुसार अग्रता लिइरहेका वाग्लेले २६ हजार ८ सय २७  मत पाएका हुन् ।

वाग्ललाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले १५ हजार ४ सय ५४ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ७ हजार २ सय ८९  मत पाएका छन् । यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार प्रेमबहादुर थापाले १ सय ३७ मत पाएका छन् ।

अपडेट गरिएको : १० बजेर  ४० मिनेटमा 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २२:४०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार