Nic Ad Nic Ad
Nic Ad Nic Ad

लोकतन्त्र दिवसमा रविको प्रतिक्रिया– अब देश युवाले हाँक्छन् 

सोमबार, वैशाख ११, २०८०
samridhi jewllers

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति दिनुपर्ने बताउँदै देश अब युवाले हाँक्ने दाबी गरेका छन् ।

आज लोकतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘यो देशलाई यो बिन्दुसम्म ल्याउन कयौंले जीवनको आहूति दिएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा कहिलेकाहीँ सोच्छु— ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ? अहिलेको देश देख्दा लाग्छ— हामी दशकौं पहिले जहाँ थियौं, अहिले पनि त्यहीँ छौं,’ उनले लेखेका छन्, ‘व्यवस्था त सुध्रियो, नागरिकको अवस्था सुध्रिएन । यो लोकतन्त्र दिवसले ती तमाम  अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् ।’
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्