‘ए’ डिभिजन लिग फुटबल

सातदोबाटो र हिमालयन शेर्पा बराबरीमा रोकियो

आइतबार, वैशाख १०, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएको छ ।

ललितपुरस्थीत च्यासल मैदानमा आइतबार सातदोबाटोले हिमालयन शेर्पा क्लबसँग २–२ गोलको बराबरी खेलेको हो । 

खेलको पहिलो मिनेटमै दीपक राज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा निशान लिम्बुले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । 

खेलको ८० औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा सुशील राईले गोल गर्दै हिमालयनलाई २–२ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ । 

हिमालयनले ११ खेलमा १० अंक जोडेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्