एसीसी प्रिमियर कप : यूएईद्वारा सिंगापुर विशाल रन अन्तरले पराजित

आइतबार, वैशाख १०, २०८०

काठमाडौं –कप्तान मोहम्मद वासिम र वृत्या अरविन्दको शतकप्रेरित यूएईले एसीसी प्रिमियर कपको समूह ‘बी’मा आइतबार सिंगापुरलाई २०१ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा सबै विकेट गुमाएर ४७१ रनको विशाल योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ९ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो ।

पहिलो इनिङमा यूएईका लागि ओपनिङमा आएका वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित एक सय ६० रनको शानदार इनिङ खेले ।

यस्तै, उनीसँगै दुई सय ४६ रनको साझेदारी गर्दै विकेटकिपर–ब्याटर अरविन्दले १३३ बलमा १७ चौका र सात छक्कासहित १७४ रनको उत्कृष्ट इनिङ खेले ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्