प्रिमियर लिग :

शीर्ष स्थानको आर्सनलले पुछारको टोलीसँग हार टार्‍यो

उपाधि होडमा धक्का
शनिबार, वैशाख ९, २०८०

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल पुछारमा रहेको टोलीसँग हार टारेको छ ।

आर्ससलले गएराति रेलिगेसन जोनमा रहेको साउथह्याम्पटनसँग हार टारेको हो । ३–१ ले पछि अवस्थामा अन्तिम समयमा २ गोल गर्दै घरेलु टोली आर्सनलले हार टारेको हो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा हारनजिक पुगेको आर्सनलले अन्तिम २ मिनेटमा २ गोल गर्दै साउथह्याम्पटनसँग ३–३ गोलको बराबरी खेल्न सफल भयो । आर्सनलले २ पटक पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै मुस्किलले हार टार्‍यो ।

पाहुना टोली आर्सनलले खेलको सुरुवातीमै गोल गर्दै अग्रता लिएको थियो । कार्लोस जोनास अल्कारेसले पहिलो मिनेटमै गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । १४ औँ मिनेटमा आर्सनलका पूर्वखेलाडी थिओ वाल्कटले अल्कारेजकै पासमा गोल गर्दै साउथह्याम्पटनको अग्रता दोब्बर पारे ।

तर, खेलको २० औँ मिनेटमा आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गर्दै शीर्ष स्थानको टोलीलाई खेलमा फर्काउन खोजेका थिए ।

यद्यपि, फेरि रेलिगेसन जोनमा रहेको टोलीले अप्रत्यासित रूपमा ६६ औँ मिनेट गोल थप्यो । डुजे कालेटा कारले गोल गरेपछि साउथह्यानम्पटनले ३–१ को अग्रता बनायो । यससँगै आर्सनल पराजयनजिक पुगेको थियो । तर आर्सनलले अन्तिम समयमा २ गोल फर्काउन सफल भयो ।

कप्तान मार्टिन ओडेगार्डले ८८ औँ मिनेटमा गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । त्यसपछि बुकायो साकाले ९० औँ मिनेटमा गोल गरेपछि खेल ३–३ को बराबरीमा सकियो ।

यस बराबरीसँगै शीर्ष स्थानको आर्सनलको उपाधि दौडमा धक्का लागेको छ । अब उसको अंक दूरी दोस्रो स्थानको म्यानचेस्टर सिटीबीच अंक ५ मात्र छ । च्याम्यियन्स लिगका कारण सिटीले आर्सनलभन्दा २ खेल कम खेलेको छ । जसले गर्दा आर्सनलको लगातारको बराबरीले सिटीलाई फाइदा पुगेको छ ।

शीर्ष स्थानको आर्सनललाई धक्का दिनका बाबजुद साउथह्याम्पटन भने ३२ खेलबाट २४ अंकसहित पुछारमा छ । पुछारका अन्तिम ३ टोली लिगमा घटुवा हुनेछन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार