उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं– बैशाख १० गते हुने उपनर्वाचनको दिन मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । 

उक्त दिन चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुन लागेकाले सेवा बन्द गर्न लागिएको हो । 

जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रसिद्ध शक्तिपीठ जाने मनकामना केबलबार मतदानको दिन सञ्चालन हुदाँ भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्ने हुदाँ उक्त दिन बन्द रहने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रहअनुसार सेवा बन्द गर्न लागिएको हो । बैशाख ११ गतेदेखि पुनः सञ्चालन हुने प्रालिले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार