नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं–नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संशाधनको वृद्धि विकासका लागि समझदारी भएको छ । २ निकायका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका हुन् । 

यस समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने छ र विश्वविद्यालयले मानवसंशाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गरिनेछ ।

यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैंकका सिइओ ढुंगानाले बताए । ’पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैंकका कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियतदरमा स्तरीय आधुनिक बैंकिङ सेवा पाउने भएकोले समझदारी दुबैको हितमा रहेको छ’ ढुंगानाले जानकारी दिए ।

 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्