‘जीवनका अनुभूति’माथि परिचर्चा

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं –साहित्यिक पत्रकार संघले बिना पोखरेलको आत्मकथाकृति ‘जीवनका अनुभूति’को परिचर्चाको गरेको छ ।

वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्य र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

अमेरिकामा बसोबास गर्दै आएकी लेखक बिना पोखरेलको आत्मकथाकृति ‘जीवनका अनुभूति’ दोस्रो संस्करण हो ।

कार्यक्रममा प्रमुख अतिथि डा. सुरेन्द्र केसी, अध्यक्ष राधेश्याम लेकाली, लेखक बिना पोखरेल, वरिष्ठ साहित्यकारहरू शैलेन्द्र साकार, हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, किशोर पहाडी, श्रीओम श्रेष्ठ ‘रोदन’, युवराज नयाँघरे, प्राडा गोविन्दमान सिंह कार्की, मन्जिला अनिल, डा. शान्तिमाया गिरी, शिव अधिकारी, मुरारि सिग्देल, अस्मिता भण्डारी, रामचन्द्र महर्जन, अनेसास डी. सी. च्याप्टरका निवर्तमान अध्यक्ष अरुण रुपाखेती, प्राज्ञ बाबा बस्नेत लगायतले पुस्तकको चर्चा गरेका थिए ।


 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार