परिवर्तनकारीलाई अपराधीकरण गर्न खोजिए दुर्दशा निम्तने : महासचिव विप्लव

बुधबार, वैशाख ६, २०८०

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा राजनीतिक स्थीर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताएका छन् ।

जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषय अन्तरक्रिया कार्यक्रममा विप्लवले कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरि मुलुकमा राजनीतिक अस्थीरता देखिएको र यसको असर मुलुकको आर्थिक लगायत बिभिन्न क्षेत्रमा देखिएको बताएका हुन् ।

अहिले पनि पछिल्लो निर्वाचनपछि सरकारले पूर्ण आकार पाउन नपाउदै सरकार परिवर्तनको खेल सुरु भइसकेको उनले बताए । उनले पछिल्लो १५ बर्ष मुलुकको नेतृत्वमा बसेकाहरुले देशलाई अघि बढाउन नसकेको आरोप लगाए ।

मुलुकको राज्यप्रणाली संकटग्रस्त भए उद्धारका नाममा आउने विदेशी शक्तिहरुले सम्पूर्ण देश नै कव्जा गर्ने खतरा रहेको उनको भनाइ छ । 

फरक प्रसंगमा विप्लवले मुलुकको परिवर्तनका लागि योगदान गर्नेहरुलाई अपराधीकरण गर्न खोजिए दुर्दशा निम्तने चेतावनी दिए । उनले परिवर्तनका अगुवालाई अपराधि घोषित गर्न खोजिए कांग्रेस एमाले लगायतका कोहि नेता नवच्ने स्पष्ट पारे । 

उनले एकतावद्ध भएर संकटलाई निकास दिन आफ्नो पार्टी तयार रहेको जिकिर गरे । अहिलेको राज्य प्रणालीले जनचाहनाको प्रतिनिधित्व गर्न नसकेको प्रति सिंगो समाज प्रष्ट रहेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्