नबिल बैंकका सिइओ ढुंगाना ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित

सोमबार, वैशाख ४, २०८०

काठमाडौँ– नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित भएका छन् । 

ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ सम्मान गरेका हुन् । 

बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुंगाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओ भएका थिए ।

त्यसअघि  उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए । राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुंगाना निजी बैंकमा काम गर्न आएका थिए ।

भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार