वात्सल्यद्वारा भक्तपुरमा नयाँ शाखा सञ्चालन, निःशुल्क आइयुआई र अल्ट्रासाउण्ड 

सोमबार, वैशाख ४, २०८०

काठमाडौँ- उच्च आइभिएफ सफलता दरका साथ निःसन्तानसम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्य नेचुरल आइभिएफले नयाँ वर्षको अवसर पार्दै भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

एक विधिवत कार्यक्रम गर्दै नयाँ वर्षबाट सञ्चालनमा ल्याइएको यस क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा वसोबास गर्ने दम्पत्तिलाई सहजता प्रदान गर्ने विश्वास लिइएको कार्यकारी निर्देशक प्रशान्त सुवेदीले बताए ।

विभिन्न वर्गबाट सामाजिक सञ्जालमार्फत् निरन्तर रुपमा निःसन्तान दम्पतिका लागि सहुलियतको माग भइरहेको तथ्यलाई ध्यानमा राख्दै उनले जानकारी दिए ।

नयाँ वर्षमा नयाँ शाखा सञ्चालनको अवसर पारेर हामीले सिमित समयका लागि अल्ट्रासाउण्ड र आइयुआई निःशुल्क प्रदान गर्दैछौँ, उनले भने, सन्तान प्राप्त गर्न नसकेका तर खर्च धेरै हुने सोचका  कारण आधुनिक उपचारमा जान नचाहने दम्पतिका लागि यो अवसर आफ्नो प्रजनन् अवस्था बुझ्न र आइयुआईमार्फत् सन्तान प्राप्त गर्न राम्रो अवसर सावित हुन सक्छ ।

यस शाखाबाट सन्तान नहुने समस्या, कारण पहिचानका लागि विभिन्न परीक्षण, आइयुआई, गर्भावस्था बेलाको जाँच र परामर्शजस्ता निःसन्तानसम्बन्धी विभिन्न सेवा प्राप्त गर्न सकिने सुवेदीले जानकारी दिए ।

gatthaghar1681710649.jpg

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्