नेपाल एसबिआई बैंकको 'कर्पोरेट अफिस' उद्घाटन

आइतबार, वैशाख ३, २०८०

काठमाडौँ– नेपाल एसबिआई बैंकले कमलादीस्थित बैंकको कर्पोरेट अफिस उद्घाटन गरेको छ । 

भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खाराले आज बैंकको कर्पोरेट अफिस उद्घाटन गरेका गरेका हुन् ।

उद्घाटन समारोहमा भारतीय स्टेट बैंकका प्रमुख कार्यकारी अधिकृत चन्ना श्रीनिवा, बैंकका अध्यक्ष जयती बन्सल, प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देलगायतको उपस्थित थिए ।

यस्तै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौस्थित पशुपति क्षेत्र विकास कोषलाई हाई प्रेशर क्लिनर, पेट एण्ड हाई स्याक्युम क्लिनर र डस्टबीन प्रदान गरेको छ । भारतीय स्टेट बैंक अध्यक्ष दिनेश वारान्पुले उक्त सरसफाई सामाग्रीहरु प्रदान गरेका थिए ।

सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रममा भारतीय स्टेट बैंकका प्रमुख कार्यकारी अधिकृत चन्ना श्रीनिवा, बैंकका अध्यक्ष जयती बन्सल, प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देलगायतको उपस्थित थिए । साथै, कार्यक्रम सहभागी सबैले पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको कैलाश डाडामा वृक्षारोपण समेत गरेका छन् ।

बैंकले देशभर ९२ शाखा, १२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, एक कर्पोरेट कार्यालय र  १ सय ३० एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्