नबिल बैंकका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’बाट सम्मानित

आइतबार, वैशाख ३, २०८०

काठमाडौँ– नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् ।

लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सिइओढुंगानालाई  ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन् ।

बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुङ्गाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओ भएर काम गरिसकेका छन् ।

त्यसअघि  उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए । राष्ट्र बैंकको निर्देशक पदबाट राजीनामा दिएर ढुङ्गाना निजी बैंकमा काम गर्न थालेका हुन् ।

भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्