एमाले अध्यक्ष केपी ओली अस्वस्थ

आइतबार, वैशाख ३, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

अध्‍यक्ष ओलीले आज सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको बताएका हुन् ।

‘भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु’, ओलीले फेसबुकमा लेखेका छन् ।

अस्वस्थताका कारण तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनको प्रचार प्रसारमा सहभागी हुन नसकेको भन्दै उनले स्वास्थ्य ठिक भएपछि उचित समयमा ती ठाउँका मतदाता भेट्न जाने बताएका छन् । उनले तीनैजना उम्मेदवाारहरुलाई विजयको शुभकामना समेत दिएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार