काठमाडौंमा विश्व प्रसिद्ध फिल्ली क्याफे

आइतबार, वैशाख ३, २०८०

काठमाडौं–फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालि सँगको सहकार्यमा काठमाडौंको लाजिम्पाटमा फिल्ली क्याफे नेपाल आउटलेट सुरुवात गरेको छ । नविन खड्का र धु्र्रव रिजालले क्याफे सुरु गरेका हुन् ।

आगामी पाँच वर्ष भित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको धु्रब रिजाल र नबिन खड्काले बताए ।

फिल्ली क्याफे युएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, यूके, भारत र मौरिससमा व्यापक उपस्थितिका साथ विश्वभर एक प्रसिद्ध र प्रिय ब्रान्डको रुपमा स्थापित छ । अब, यो समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो चिया संस्कृति भएको देश नेपालमा पनि विस्तार हुँदैछ । 

फिल्ली क्याफेमा चिया अर्गानिक रूपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमन साथ बनाइन्छ, जसले चियाका पारखीहरुकोे लागि भ्रमण गर्नै पर्ने गन्तव्यको रुपमा अभिप्रेरित गर्दछ । 

काठमाडौंमा स्टारबक्स वा कोस्टा कफी जस्ता कुनै पनि अन्तर्राष्ट्रिय चेनहरू छैनन्, जसले फिल्ली क्याफेलाई शहरको रोमाञ्चक गन्तव्यको रुपमा स्थापित गराउने लक्ष्य पनि लिएको छ । चिया तथा हल्का खाजाहरू सेवा प्रदान गर्ने फास्ट फुड क्याफेहरूको बढ्दो संस्कृति, पर्यटक र स्थानीकोबीचमा यो विश्वव्यापी चेन बन्न अग्रसर रुपमा अघि बढिरहेको छ । 

 
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार