ढाकाकुमारलाई रविको आग्रह : चुनावको बेला मुद्दा हाल्दिन्छु नभन्नुहोला

शनिबार, वैशाख २, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई मुद्दा नहाल्न आग्रह गरेका छन् ।

आफूलाई पार्टीले मन्त्री बनाउन खोजेको भन्दै मेडिकल व्यवसायीसँग श्रेष्ठले घुस मागेको अडियो सार्वजनिक भएसँगै पार्टीले निलम्बन गरेको थियो ।

रास्वपा सभापति लामिछानेले चितवनमा चुनावीसभालाई सम्बोधन गर्दै ढाकाकुमार श्रेष्ठलाई मुद्दा नहाल्न आग्रह गरेका हुन् । यस क्रममा उनले पार्टीलाई सघाउन आग्रह गरे ।

‘जो साथी बाहिरिनुभयो, हाम्रा लागि पूर्वासांसद, उहाँलाई म यति मात्रै भन्न चाहन्छु कि यो यात्रामा तपाईंले हामीलाई सघाउनु होला, यो गर्छु, त्यो गर्छु, मुद्दा हाल्दिन्छु, त्या गर्छु, यसो गर्दिन्छु नभन्नुहोला, यो यात्रामा कहिँ न कहिँ तपाईंको पनि योगदान छ,’ उनले भने ।

सांसद श्रेष्ठले भने आफूलाई कारबाही गरे अदालत जाने बताउँदै आएका छन् । उनले आफ्नो तयारी गरिरहँदा सभापति लामिछानेले अन्य कदम नचाल्न आग्रह गरेका हुन् ।

श्रेष्ठले आफू मन्त्री बन्न लागेको तर त्यसका लागि पार्टीको कोर टिमलाई बुझाउन साढे २ करोड बुझाउनु पर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्