मिटरब्याजी पीडितहरू वृहत मार्च पास गर्ने

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं –सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितहरूले काठमाडौंमा वृहत मार्च पास गर्ने भएका छन् । आफ्ना माग पुरा गराउनका लागि दबाव दिन भन्दै बैंशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्ने उनीहरुले जनाएका छन् । यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्तामा सहमति नभएपछि उनीहरूले वार्ता भंग गरेको थियो ।

वार्ता भंग भएपछि उनीहरु काठमाडौंको शान्तिबाटिकामा निरन्तर धर्ना दिदै आएका छन् ।  मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ । मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन् । 

चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार