ओली अस्वस्थ भएपछि शीर्ष नेताहरूको बैठक स्थगित

शुक्रबार, वैशाख १, २०८०

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू अस्वस्थ रहेको जानकारी दिएपछि आज बस्ने तय भएको शीर्ष नेताहरूको बैठक स्थगित भएको छ ।

संसद्मा रहेका विचाराधीन विधेयक, संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न भनेर आज बस्ने भनिएको शीर्ष नेताहरूको बैठक ओलीले अस्वस्थ भएको जानकारी दिएपछि दिउँसो १ बजेका लागि तय भएको बैठडक स्थगित भएको एक नेताले बताए ।

प्रधानमन्त्रीसमेत तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबीच बैठडक बस्ने तय भएको थियो । यसअघि सभामुख देवराज घिमिरेको पहलमा यी ३ नेतचाबीच २ पटक छलफल भइसकेको छ । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली मिर्गौलाका बिरामी छन् । उनको दुईपटक मिर्गौला प्रत्यारोपण सफल भइसकेको छ । यद्यपि, उनलाई के भएको हो भन्ने चाहिँ खुलेको छैन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्