२०२३ को वसन्त ऋतुमा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा फहराइने

बिहीबार, चैत ३०, २०७९

काठमाडौं –सन् २०२३ को वसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ । 

सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डाका साथै नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी संगठनको झण्डा पनि फहराइने भएको हो । 

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले झण्डा फहराउन नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक पुरुषोतम नेपालीलाई सगरमाथा हिमालचुली आरोहण अनुमतिका लागि लाग्ने सलामी दस्तुर छुट दिने निर्णय भएको जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद् गठन आदेश २०७५ को अनुसूची संशोधन गर्ने, व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले जुगल हिमश्रृखला अन्तर्गतका हिमचूलीहरु पर्वतारोहणका लािग खुल्ला गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्