नेभिगेशन
अर्थ विविध

एफएनसिसिआई निर्वाचन दोस्रो चरणमाः अन्जन र उमेशबीच प्रतिस्पर्धा हुने

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ (एफनसिसिआई) को वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको हो ।

दोस्रो चरणको निर्वाचनमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रवेश गरेका छन् । संघई प्रतिस्पर्धाबाट बाहिरिएका छन्। बढी मत ल्याउने २ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकोले संघई बाहिरिएका हुन् ।

अन्जनको प्यानलबाट एक जनाले पनि उपाध्यक्ष जित्न सकेनन् भने संघईकोबाट दुई र उमेशलालकोबाट एक जनाले उपाध्यक्ष जितेका छन् । बस्तुगतमा उमेशलालले अग्रता कायम गरेका थिए । उनले ल्याएको मत कुल मतको ५६ प्रतिशत हो । कुल १२३ मतमध्ये एउटा बदर भएको छ । 

उमेशलालले ६९ मत पाएका छन् भने अन्जन श्रेष्ठले ४१ र रामचन्द्र संघाईले १२ मत पाएका छन् ।

जिल्ला नगरतर्फ सर्वाधिक मत अन्जनले ल्याएका थिए। उनले ४० प्रतिशत ल्याएका हुन् । रामचन्द्र संघईले ३३ प्रतिशत र उमेललालले २३।९३ प्रतिशत मत ल्याएका छन् । कुल ११७ मतमध्ये अन्जनको ४७, रामचन्द्रको ३९ र उमेशको २८ हो । तीन वटा मत बदर भएको छ। एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्षमा अन्जनले ५५८, उमेशले ४१५ र रामचन्द्रले ६१० मत प्राप्त गरेका छन्। यस  आधारमा सर्वाधिक मत ल्याएका संघईको ३७ प्रतिशत छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध