बीवाईडीको डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम सार्वजनिक

बुधबार, चैत २९, २०७९

काठमाडौं–विश्वकै प्रमुख विद्युतीय सवारी निर्माता मध्येको चिनियाँ अटोमोटिभ बीवाईडीले डिसस नामक इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम सार्वजनिक गरेको छ । खासगरी नयाँ विद्यतीय सवारीहरुलाई लक्षित गर्दै निमार्ण गरिएको यो सिस्टम तीन किसिममा सार्वजनिक भएको छ ।

डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम पूर्ण रुपमा आफैले निमार्ण गरेको बीवाईडीले जनाएको छ । डिसस प्रणालीले विभिन्न ड्राइभिङ स्थितिमा आवश्यक सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्ने बीवाईडीले जनाएको छ । यसले नयाँ ब्रान्डहरूको अपग्रेडलाई सशक्त बनाउने विश्वास व्यक्त गरेको छ ।

तीन किसिममा इन्टेलिजेन्ट ड्याम्पिङ बडी कन्ट्रोल सिस्टम (डिसस–सी), इन्टेलिजेन्ट एयर बडी कन्ट्रोल सिस्टम (डिडस–ए) र इन्टेलिजेन्ट हाइड्रोलिक बडी कन्ट्रोल सिस्टम (डिडस–पी) रहेको छ ।

चीनले विद्युतीय सवारीलाई भन्ने गरेको न्यू इनर्जी भेहिकल (एनईभी)को कोर प्रविधिहरूमा प्राप्त सफलतापछि बीवाईडीले ठाडो गति नियन्त्रणको अनुसन्धानमा नेतृत्व लिएको जनाएको छ ।

बडी कन्ट्रोल सिस्टम एवं मोड्युल आधुनिक सवारीको एक महत्वपूर्ण हिस्सा हो । यसले लाइट, मौसम नियन्त्रण, पावर विन्डोज, ढोकाको लकलगायतका विद्युतीय प्रणालीको लागि केन्द्रीय नियन्त्रण इकाइको रूपमा काम गर्दछ ।

व्यवस्थित बडी कन्ट्रोल सिस्टमको रूपमा बीवाईडीको डिसस प्रणालीले धेरैजसो ड्राइभिङ परिदृश्यमा गाडी फुर्तिलो र प्रभावकारी रूपमा उपयुक्त छ कि छैन, गाडी रोलओभरको जोखिमलाई कम गर्दै हाइस्पिड कर्नरिङमा यात्रुहरुलाई हुने कठिनाइ कम गर्ने, फुल थ्रोटल एक्सेलेरेसनदेखि आपतकालीन ब्रेकिङको समयमा पनि यात्रुको विस्थापनलाई कम गर्ने जस्ता सुरक्षा एवं सुविधाको सुनिश्चितता गर्ने कम्पनीले जनाएको छ ।

यसबाहेक डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टमले हिउँ, हिलो र पानी भरिएको सडकमा पनि गाडीमा स्क्र्याच र क्षति हुनबाट जोगाउने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्