नेभिगेशन
समाचार

सांसद ढाकाकुमारको विषयमा छलफल गर्न रास्वपाको बैठक जारी

काठमाडौं –अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसद ढाका कुमार श्रेष्ठको विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय बसुन्धारामा जारी बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय गर्नेछ ।

पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन मंगलबार नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको थियो ।

बैठकपछि आज नै पत्रकारसम्मेलन गरी सांसद श्रेष्ठबारे पार्टीको निर्णय सुनाइनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार