उद्योग वाणिज्य महासंघको निर्वाचन हेराैँ तस्बिरहरूमा

बुधबार, चैत २९, २०७९

काठमाडौँ– नयाँ कार्यसमिति (२०८०–२०८३)का लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को मतदान भइरहेको छ । प्रज्ञा भवन कमलादीमा १० बजेबाट मतदान सुरु भएको हो । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै २ घण्टा ढिला भएको हो । बीचमा फेरि मतदान रोकिएर सुरु भएको हो ।

महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १ हजार ९५३ मतदाता सहभागी छन् । निर्वाचनमा ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोशिएटतर्फ १७४८ मतदाता छ । यस्तै द्विराष्ट्रियतर्फ ५ जना मतदाता छन् । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । 

महासंघको कार्यसमिति सदस्यमा ४ जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । महासंघको विधानअनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।

अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीनजना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

कार्यसमिति सदस्यमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल सर्वसम्मत भइसकेका छन् ।

निर्वाचन हेरौँ तस्बिरमा :

fncci (14)1681285139.jpg

fncci (7)1681285138.jpg

fncci (8)1681285138.jpg

fncci (10)1681285138.jpg

fncci (11)1681285138.jpg

fncci (12)1681285138.jpg

fncci (13)1681285138.jpg

fncci (1)1681285137.jpg

fncci (2)1681285137.jpg

fncci (3)1681285137.jpg

fncci (4)1681285137.jpg

fncci (5)1681285137.jpg

fncci (6)1681285137.jpg

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्