एनआरएनलाई मतदानको अधिकार नदिएको भन्दै सर्वोच्चमा मुद्दा दायर

प्रधानमन्त्री दाहाल, गृहमन्त्री श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त थपलियालाई विपक्षी बनाई मुद्दा दायर
मंगलबार, चैत २८, २०७९

काठमाडौँ- विदेशमा रहेका गैरआवासीय नेपाली (एनआरएन)लाई मतदानको अधिकार नदिएको भन्दै सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । 

लोकतान्त्रिक अभियन्ता नन्दराज उपाध्यायले सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका हुन् ।

यसअघि सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न परमादेश जारी गरेको थियो । उक्त आदेश कार्यान्वयन नगरेर सरकारले अदालतको अवहेलना गरेको भन्दै अदालत पुगेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई विपक्षी बनाई मुद्दा हालेका हुन् ।

यसअघि ७ चैत २०७४ मा सर्वोच्चले विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिने व्यवस्था गर्न आदेश जारी गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्